Logo

एनएमबी बैंकको सहारा बचत खाता, १० लाखसम्मको जीवन बीमा

एनएमबी बैंकको सहारा बचत खाता, १० लाखसम्मको जीवन बीमा



काठमाडौं । एनएमबी बैंकले खोलौँ बचत खाता अभियान अन्तर्गत ‘सहारा बचत खाता संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै एक घर एक खाता अभियानअन्तर्गतकै ‘एनएमबी सबैको सहारा बचत खाता’ संचालनमा ल्याएको हो ।

उक्त खातामा बैंकको तर्फबाट १ सय रुपैयाँ जम्मा हुनुका साथै ग्राहकको अग्रिम बीमा पनि गरिने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार खातावालाको दुर्घटना तथा मृत्यु वा विभिन्न १८ प्रकारका घातक रोग लागेमा १० लाख सम्मको बीमा रकम उपलब्ध गराईनेछ ।

यसका साथै उक्त खातामा ब्याजदर, निशुल्क डिम्याट खाता, निशुल्क मोबाईल बैंकिङ लगायतका सुविधा समेत रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL