Logo

नेशनल माइक्रो फाइनान्सले ३ लाख कित्ता सेयर निष्काशन गर्दै, विक्री प्रबन्धकमा एनआइबिएल

नेशनल माइक्रो फाइनान्सले ३ लाख कित्ता सेयर निष्काशन गर्दै, विक्री प्रबन्धकमा एनआइबिएल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले साउन १६ गतदेखि साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका तीन लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले जारी गर्ने सेयरमध्ये १२ हजार कित्ता आफ्ना कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याइएको बताइएको छ । कम्पनीको सेयरमा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।

धादिङमा केन्द्रिय कार्यालय रहेको नेशनल राष्ट्रियस्तरको लघुवित्त विकास बैंक हो । ३ करोड रुपैयाँको सेयर निष्काशन गरेपछि पुँजी १० करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीको सेयरको निस्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट्स छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL