Logo

मलेशियाको उदाहरणदिँदै मौद्रिक नीतिमार्फत फोर्स मर्जरको संकेत, तयार रहन गभर्नरको निर्देशन

मलेशियाको उदाहरणदिँदै मौद्रिक नीतिमार्फत फोर्स मर्जरको संकेत, तयार रहन गभर्नरको निर्देशन



काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाहरुलाई फोर्स मर्जरमा लैजाने संकेत गरेको छ । नेपाल व्यवस्थापन संघको कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जर सम्बन्धी विभिन्न देशको उदाहरण दिँदै आगामी मौद्रिक नीतिले नेपालमा पनि सोही नीति अवलम्बन गर्न सक्नेभन्दै बैंकहरुलाई तयार रहन आग्रह गरेका थिए ।

laxmi

‘मलेशियन सरकारले कुनै समय देशमा रहेका ५० भन्दा बढी बैंकहरुलाई एकैपटक १० वटामा झार्न निर्देशन दिएको थियो भने सोही अनुरुप कार्यान्यनमा पनि आएको थियो,’ उनले भने, ‘नेपालमा पनि मर्जर तथा एक्विजिशन समयको माग हो सोही अनुरुप तयार रहनुस ।’

नेपालमा २०६२ देखि नै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्विजिशनमा जान आग्रह गरियो तर कोही पनि जान चाहेनन् । तर, राष्ट्र बैंकले २०७२ सालमा बाध्यकारी रुपमा पूँजी वृद्धिको घोषणा गर्यो सोही अनुरुप अहिले सबै बैंक तथा वित्तीय संस्थाले तोकिएको पूँजी वृद्धि गरेको उनले जानकारी दिए । सोही अनुरुप आगामी दिनमा आउने मौद्रिक नीतिले पनि बैंक तथा वित्तीय संस्था घटाएर पूँजीको आधारमा बलियो बनाउन सोही अनुरुपको नीति अबलम्ब गरिने उनको तर्क थियो ।

बैंकको चुक्ता पूँजीको आकार ठूलो भएमात्र बैंक वित्तीय संस्था सबल र सक्षम हुने भन्दै राष्ट्र बैंकले पनि सोही अनुरुपको नीति अबलम्बन गर्ने उनको तर्क थियो । सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेटले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्साहन गर्ने र कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आवश्यक कदम चाल्ने उल्लेख गरिएको छ । सोही अनुरुप गभर्नर नेपालले पनि मौद्रिक नीतिले बैंक वित्तीय संस्था घटाएर पूँजी वृद्धि गर्ने नीति अबलम्बन गर्ने संकेत गरेका हुन् ।

उनले विश्वमा हरेक देशमाले बैंक वित्तीय संस्था घटाउन तथा पूँजी वृद्धि गर्न कडा नीति अवलम्ब गरेको जानकारी दिँदै नेपालमा पनि सोही नीति अबलम्बन गरेर अघि बढिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL