Logo

सेञ्चुरीले घोषणा गर्याे साढे ६ प्रतिशत बोनस, यस्तो छ सेयर र नगदको अनुपात

सेञ्चुरीले घोषणा गर्याे साढे ६ प्रतिशत बोनस, यस्तो छ सेयर र नगदको अनुपात



काठमाडौं । सेञ्चुरी बैंकले आफ्ना सेयरधनीलाई ६ दशमलव ५० प्रतिशत लाभांस दिने भएको छ । बैंकको आठाँै बार्षिक साधारण सभाले सेयरधनीलाई चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर तथा ४ दशमलव ५० प्रतिशत नगद लाभांस गरी जम्मा साढे ६ प्रतिशत लाभांस पारित गरेको हो ।

laxmi

साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाले पारित गरेको बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।

आर्थिक बर्ष २०७५र७६ को पुस मसान्तसम्म बैंकले कुल निक्षेप ६४ अर्ब १२ करोड र कर्जा रकम ५९ अर्ब ६१ करोड रुपैयाँ परिचालन गरी ७४ करोड २ लाख सञ्चालन मुनाफा र ५१ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL