Logo

राष्ट्रिय वाणिज्य बैकले सुरु गर्यौ जेष्ठ नागरिकको खाता खोल्ने कार्यक्रम, थापालाई चेकबुक हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैकले सुरु गर्यौ जेष्ठ नागरिकको खाता खोल्ने कार्यक्रम, थापालाई चेकबुक हस्तान्तरण



काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले जेष्ठ नागरिकहरुको बैंक खाता खोल्ने कार्यक्रम सुरु गरेको छ ।

laxmi

समृद्धिसंग जोडौं नाता ः सबै नेपालीको बैंक खाता ‘खोलौ बैंक खाता अभियान–२०७६’ अन्तरगत बैकको सहकार्य र अग्रज समाज नेपालको आयोजनामा काठमाडौं मिनभवन स्थित यातायात व्यवस्था कार्यालयमा राष्ट्रिय वाणिज्य बैक समृद्धि बचत खाता खोल्ने कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशीले जेष्ठ नागरिक उद्धबबहादुर थापालाई चेकबुक हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरेको हो । बैंकमा खाता खोल्दा बैंकले उक्त खातामा १ सय रुपैयाँ जम्मा गरिने भएको छ ।

कार्यक्रममा अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुली, बैंकका अपरेशन विभागका निमित्त विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, शाखा कार्यालय नयां बानेश्वरका प्रवन्धक राजेन्द्र आचार्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL