Logo

सुध्रिएन बैंकको निक्षेप परिचालन स्थिती, ९ रुपैयाँ संकलन गर्दा १४ रुपैयाँ लगानी

सुध्रिएन बैंकको निक्षेप परिचालन स्थिती, ९ रुपैयाँ संकलन गर्दा १४ रुपैयाँ लगानी



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानीको तुलनामा निक्षेप संकलनमा पछाडि परेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको ७ महिनामा बैंकहरुको निक्षेप ८ दशमलव ७ प्रतिशतले बढेको छ । तर, सोही अबधिमा कर्जा लगानी भने १४ प्रतिशतले बढ्न पुगेको छ ।

laxmi

वार्षिक बिन्दुगत आधारमा २०७५ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ दशमलव ३ प्रतिशतले बढेको छ । यसैगरी बार्षिक विन्दुगत आधारमा कर्जा परिचालन २३ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ दशमलव ७ प्रतिशत, ३३ दशमलव ५ प्रतिशत र ४७ दशमलव ६ प्रतिशत रहेको छ । यो बर्ष बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपको हिस्सा भने बढेको छ । गत बर्षको सोही अबधिमा मुद्दती निक्षेपको हिस्सा ४३ दशमलव ९ प्रतिशत मात्र रहेको थियो ।

२०७५ माघ मसान्तमा आईपुग्दा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश बढाएर ४४ दशमलव ८ प्रतिशत रहेको छ । २०७४ माघ मसान्तमा यस्तो निक्षेपको अंश ४४ प्रतिशत मात्र रहेको थियो ।

निजीक्षेत्रमा प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको कर्जा १३ दशमलव १ प्रतिशत, विकास बैंकको २१ शदमलव ८ प्रतिशतले र वित्त कम्पनीको ११ दशमलव ८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २३ प्रतिशतले बढेको छ ।

२०७५ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेका कर्जामध्ये ६३ दशमलव ४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव ५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १९ प्रतिशत, ओभरड्राफ्ट कर्जा १० दशमलव ३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १९ दशमलव २ प्रतिशत, डिमान्ड तथा चालु पूँजी कर्जा १८ दशमलव ६ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ७ प्रतिशत तथा हायर पर्चेज कर्जा ७ दशमलव ५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL