Logo

नबिल सजिलो कर्जा योजना सार्वजनिक, नबिल बैंक र सक्षम बीच सम्झौता

नबिल सजिलो कर्जा योजना सार्वजनिक, नबिल बैंक र सक्षम बीच सम्झौता



काठमाडौं । नबिल बैंकले युके एड सक्षम फाईनान्ससंग बैंकिङ सेवा अभिवृद्धि गर्नका लागि सम्झौता गरेको छ ।

laxmi

बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नेपालमा साना तथा मझौता उद्यमी लक्षित रणनीती तर्जुमा तथा कार्यान्वयन गर्नका लागि ‘युके एड सक्षम वित्तिय पहुँचसँग’ सम्झौता गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सक्षमका टिम लिडर निर्मल दाहाल बीच समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । बैंकले उक्त साझेदारी कार्यक्रमकमै साना उद्यमी लक्षित ‘नबिल सजिलो कर्जा’ को समेत सुरुवात गरेको छ ।

नबिल सजिलो कर्जा योजनामा ४ करोड रुपैयाँसम्म व्यापारको आकार भएका १ करोड ५० लाख सम्म ऋण आवश्यकता भएका साना तथा मझौता उद्यमीहरु लक्षित गरी १० दशमलव ५० प्रतिशत आकर्षक ब्याजदरमा कर्जा उपलब्ध हुनेछ । बैंकले कर्जा योजनामा ग्राहकले सम्पुर्ण कागजात पेश गरेको ५ दिनभित्र बैंकले कर्जा उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL