Logo

एनएमबी बैंकले पायो ऋणपत्र निष्काशन अनुमती, १० प्रतिशत ब्याजमा ३ अर्बको ल्याउँदै

एनएमबी बैंकले पायो ऋणपत्र निष्काशन अनुमती, १० प्रतिशत ब्याजमा ३ अर्बको ल्याउँदै



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएमबी बैंकलाई ऋणपत्र निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले बैंकलाई तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो ।

laxmi

बोर्डबाट स्वीकृति पाएसँगै बैंकले ३ अर्ब रुपैयाँको ‘एनएमबी ऋणपत्र २०८५’ जारी गर्ने छ । उक्त ऋणपत्रको ब्याजदर भने १० प्रतिशत हुनेछ ।

जसमध्ये बैंकले सर्वसाधारणको लागि १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्नेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ऋणपत्र जारी गर्ने द्ध । सो ऋणपत्रको निष्कासनको लागि बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL