Logo

सिप्रदी ट्रेडिङ र कामना सेवा विकास बैंकबीच सम्झौता, टाटाको खरिदमा बैंकको सहुलियत ऋण

सिप्रदी ट्रेडिङ र कामना सेवा विकास बैंकबीच सम्झौता, टाटाको खरिदमा बैंकको सहुलियत ऋण



काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ प्रालि बीच सवारी कर्जा लगानी सम्झौता सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमको अवसरमा उक्त सम्झौता सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।

उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङ प्रालि मार्फत सिफारिस भई अएका ग्राहकहरूले टाटाका विभिन्न प्रकारका सवारी साधनहरु खरिदका लागि बैंकका ६३ वटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन ।

उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सिप्रदी ट्रेडिङ प्रालिको तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्ष्ँर गरेका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL