Logo

ज्योति विकास बैंक र ग्राण्डि अस्पतालबीच सम्झौता, उपचारमा विशेष छुट

ज्योति विकास बैंक र ग्राण्डि अस्पतालबीच सम्झौता, उपचारमा विशेष छुट



काठमाडौं । ज्योति विकास बैंक र ग्राण्डि इन्टरनेसनल हस्पिटल प्रालिबीच सम्झौता भएको छ ।

बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका स्वास्थ्य सेवामा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौता गरेको हो । बैंकका सहायक महाप्रबन्धक राम हरि आचार्य र अस्पतालका प्रमुख संचालन अधिकृत कोल अम्रित खन्नाले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकका ग्राहकले उक्त बैंकको एटिएम कार्ड र कर्मचारीहरुले भने बैंकको परिचयपत्र सो गरे पछि उक्त अस्पतालको सेवामा विशेष छुट पाउने भएका छन ।

बैंकले ८२ शाखा तथा २२ एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै बैंकले यसै आर्थिक वर्ष भित्र थप ८ वटा शाखा तथा २७ स्थानमा एटिएम विस्तार गर्ने भएको छ ।

हालसम्म बैंकले २३ अर्ब रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी १८ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड रुपैयाँ कायम रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL