Logo

सेञ्चुरी बैंक र सुमेरु अस्पतालबीच सम्झौता, उपचारमा १० प्रतिशत छुट

सेञ्चुरी बैंक र सुमेरु अस्पतालबीच सम्झौता, उपचारमा १० प्रतिशत छुट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सुमेरु अस्पतालबीच सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा सेयरधनिहरुलाई अस्पतालमा सहुलियत प्रदान गर्ने गरि सम्झौता गरेको छ ।

सम्झौता अनुसार क्रेडिट र डेबिट कार्ड बाहक ग्राहक तथा बैंकका सेयरधनिहरुले अस्पतालको ओपिडी सेवा लगायत सम्पूर्ण सेवामा १० प्रतिशत छुटका साथै औषधीमा ८ प्रतिशत छुट पाउने छन ।

बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र अस्पतालका निर्देशक दिलीप डंगोलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ९२ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर तथा १० शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL