Logo

एनआईसी एशिया र जनरल इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता, एनआईसीले जनरलको बीमा बेच्ने

एनआईसी एशिया र जनरल इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता, एनआईसीले जनरलको बीमा बेच्ने



एनआईसी एशिया बैंक र जनरल ईन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

आइतबार एक कार्यक्रमका बीच उक्त सम्झौताको सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

एनआईसी एशिया बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र जनरल इन्स्योरेन्सका महाप्रबन्धक एस के तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL