Logo

सानिमा बैंक र सिबिएल मनि ट्रान्सफर बीच सम्झौता, मलेशियाको सिबिएलद्धारा नेपालमा पैसा

सानिमा बैंक र सिबिएल मनि ट्रान्सफर बीच सम्झौता, मलेशियाको सिबिएलद्धारा नेपालमा पैसा



काठमाडौं । सानिमा बैंक लिमिटेड र सिबिएल मनि ट्रान्सफर बीच सम्झौता भएको छ । मलेशियाबाट पैसा नेपाल पठाउन सहज गर्नका लागि बैंकले उक्त रेमिटान्ससंग सम्झौता गरेको हो ।

उक्त सम्झौता बैंकको रेमिटान्स सेवा सानिमा एक्सप्रेस मार्फत मलेशियाबाट पठाएको रकम नेपालमा पाइने भएको हो । बैंकको नेपाल भरि ८ हजार भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिने बैंकले जानकारी दिएको छ ।

मलेशियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा सजिलै पैसा जम्मा गर्न सकिनेछ ।
उक्त सम्झौता पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सिबिएल मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत मो. सैदुर रहमान फराजीले हस्ताक्षर गरेका हुन् ।

आन्तरिक रेमिटेन्स सेवा साथै सानिमा एक्सप्रेसले युनाईटेड अरव इमिरेट्स, मलेशिया, कतार, बेलायत, कोरिया, लगायत विश्वभरिबाट रेमिटेन्स सेवा दिदै आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL