Logo

एनआईसी एशियाको मिस्डकल बैंकिङ, यसरी प्राप्त गर्नुहोस बैंकिङ जानकारी

एनआईसी एशियाको मिस्डकल बैंकिङ, यसरी प्राप्त गर्नुहोस बैंकिङ जानकारी



काठमाडौं । एनआईसी एशिया बैंकले मिस्डकल बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले मंगलबार आफ्नो डिजिटल बैंकिङलाई निरन्तरता दिँदै उक्त सेवा संचालनमा ल्याएको हो ।

सो सेवा अन्तरगत ग्राहकहरुले विभिन्न किसीमका बैंकिङ गतिविधिका बारेमा बैंकले दिएको नंबरमा मिस्डकल गरेर थाहा पाउन सक्नेछन । ग्राहकले बैंकले दिएको ९८०१२२७७३३ नंबरमा मिस्डकल गरि आफ्नो खातामा भएको मौज्दातको जानकारी एसएमएसमार्फत प्राप्त गर्न सक्नेछन ।

यस्तै ९८०१२२७७४४ नंबरमा मिस्डकल गरि आफ्नो खाताबाट भएको पछिल्लो ३ ओटा कारोबारको बारेमा एसएमएस प्राप्त गर्न सकिने पनि बैंकले जानकारी दिएको छ ।

साथै ९८०१२२७७५५ नंबरमा मिस्डकल गरेमा बैंकका कर्मचारीहरुले कलब्याक गर्ने पनि बैंकले जानकारी दिएको छ । बैंकका कर्मचारीले कलव्याक गरेपछि आफुलाई चाहिने बैंकिङ जानकारी प्राप्त गर्न सकीने छ । ्

बैंकले हाल २ सय ३१ शखा कार्यालयहरु, २ सय २० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL