Logo

जनता बैंकको दोर्दी शाखा सञ्चालनमा, ८६५ जनाको आँखा परीक्षण

जनता बैंकको दोर्दी शाखा सञ्चालनमा, ८६५ जनाको आँखा परीक्षण



काठमाडौं । जनता बैंक नेपालले दोर्दी शाखा सञ्चालनमा ल्याएको छ । बैंकको सो शाखाको प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुव्वाले उद्घाटन गरेका हुन ।

प्रदेश सभा सांसद लगायतको उपस्थित रहेको सो कार्यक्रममा बोल्दै संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले त्यस भेगका जनतालाई बैंकको सहयोग लिई जिवन स्तर माथि उठाउन आग्रह गरेका थिए ।

साथै बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले सो शाखाको सहयोगबाट त्यस क्षेत्रका जनताको उद्यमशिलता बढ्न गई आयस्तर बढ्ने विश्वास ब्यक्त गरेका हुन । सो कार्यक्रममा बैंकले स्वास्थ्य तथा आँखा शिविरको पनि आयोजना गरेको थियो ।

सो शिविरमा लगभग ३ सय २४ जना विरामीहरुले स्वास्थ्य परिक्षण गराएको बैैंकले जानकारी दिएको छ । सो शिविरमा आङ खस्ने रोगीहरुको लागि निशुल्क अपरेशनको व्यवस्था मिलाइएको थियो । सोहि शिविर अन्तरगत आँखा शिविरमा ८ सय ६५ जनाको आँखा जाँच गरिएकोमा १६ जनाको निशुल्क अपरेशन गरिएको बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL