Logo

आइएमई डिजिटल र सिद्वार्थ बैंकबीच ‘मोबाइल पे’ सम्झौता

आइएमई डिजिटल र सिद्वार्थ बैंकबीच ‘मोबाइल पे’ सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइएमई डिजिटल र सिद्वार्थ बैंकबीच ‘आइएमई पे’ सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिद्वार्थ बैंक लिमिटेडको तर्फबाट भुक्तानी विभाग प्रमुख सुरेश महर्जनले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिद्वार्थ बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । यसका साथै बैंकले चाँडै नै सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्रदान गर्नेछ ।
साथसाथै सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL