Logo

स्वदेशी लघुवित्तको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

स्वदेशी लघुवित्तको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेड र स्वदेशी अघुवित्त वित्तीय संस्था लिमिटेडबीच हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धकको कार्यसम्बन्धी सम्झौता भएको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः १ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको ११ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बिहीबार एनआईसी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंंगेल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद खनियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL