Logo

जुनसुकै बैंकबाट आफ्नो खातामा पैसा जम्मा गर्न सकिने

जुनसुकै बैंकबाट आफ्नो खातामा पैसा जम्मा गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकबाट सेवाग्राहीले आफ्नो खातामा पैसा जम्मा गर्न मिल्ने व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले आज निर्देशन जारी गर्दै कुनै एक बैंकमा खाता भएका सेवाग्राहीले जुनसुकै बैंकबाट पनि आफ्नो खातामा निक्षेप जम्मा गर्न मिल्ने व्यवस्था लागू गरेको हो ।

उक्त व्यवस्थासँगै अब निक्षेपकर्ताले आफुलाई पायक पर्ने ठाउँका बैंकमा खाता नभए पनि अरु बैंकमा गएर आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् । यस अघि सेवाग्राहीले आफ्नो खाता भएको बैंकमा गएर मात्र पैसा जम्मा गर्न सक्थे ।

तर, यसरी निक्षेप जम्मा गर्दा बैंकहरुले शुल्क लिन पाउने राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यसरी रकम जम्मा गर्दा नगद कारोबारको सीमा विद्यमान निर्देशिका बमोजिम हुनुपर्ने, १ लाख रुपैयाँ भन्दा बढीको कारोबार सीमाको हकमा जम्मा गर्ने व्यक्तिको पहिचान साथै जम्मा गर्नुको प्रयोजन समेत खुलाउनु पर्नेछ ।

सो व्यवस्था राष्ट्र बैंकबाट लाइसेन्स लिएका क, ख र ग बर्गका बैंक वित्तीय संस्थामा लागू हुने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL