Logo

विदेशी संस्थाबाट लिने पुरस्कारमा राष्ट्र बैंकको कडाई, भन्छ ‘आर्थिक सहयोग गरेर पुरस्कार लिन पाइदैन’

विदेशी संस्थाबाट लिने पुरस्कारमा राष्ट्र बैंकको कडाई, भन्छ ‘आर्थिक सहयोग गरेर पुरस्कार लिन पाइदैन’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेश गएर पुरस्कार लिन कडाई गरेको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक सहायता, चन्दा वा कुनै पनि प्रकारको शुल्क, वित्तीय योगदान गरेको आधारमा सोको प्रतिफल स्वरुप कुनै पनि विदेशी निकायबाट पुरस्कार ग्रहण गर्न नपाउने व्यवस्था गरेको हो ।

अबका दिनमा कुनै कुनै पनि विदेशी निकायबाट सम्मान वा पुरस्कार ग्रहण गर्दा राष्ट्रबाट स्वीकृति लिनुपर्ने छ । सागै त्यस्ता पुरस्कार दिने संस्थाको वैधानिक हैसियत तथा आधिकारिकताको पुष्टि हुने कागजात समेत पेश गर्नुपर्ने उल्लेख छ ।

यसैगरी पुरस्कार लिन जादा हुने भ्रमण खर्चलाई मितव्यीतता बनाउन समेत राष्ट्र बैकले निर्देशन दिएको छ । आगामी दिनमा बैंक सञ्चालक समिति अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमणलाई थप व्यवस्थित बनाउन २०७४ चैतभित्र कार्यविधि बनाई कार्यन्वयनमा ल्याउन निर्देशन दिएको छ ।

निर्देशन अनुसार अबका दिनमा विदेश भ्रमणमा जादा भ्रमणको उपयोगितालगायतका विषयमा सञ्चालक समितिबाट पारित गरेको हुनुपर्ने, संस्थाका प्रमुख व्यक्ति विदेश जादा हुने खर्च र लाभ दुबैको विश्लेषण र खर्च मितव्यी हुनेपर्नेजस्ता विषय उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL