Logo

३ अर्बको ऋणपत्र जारी गर्दै एनाआईसी एसिया बैंक, बार्षिक ब्याजदर ९ प्रतिशत, बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल

३ अर्बको ऋणपत्र जारी गर्दै एनाआईसी एसिया बैंक, बार्षिक ब्याजदर ९ प्रतिशत, बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार पैयाँ अंकित कुल ३० लाख कित्ता “एनआईसी एशिया ऋणपत्र २०८१/८२” निष्कासन गर्न लागेको हो ।

बैंकले उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्ति गरेको छ ।

ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरेका हुन् ।

बैंकले निष्काशन गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मध्ये ८० प्रतिशत आर्थत २ अर्व ४० करोड रुपैयाँ व्यक्तिगत र २० प्रतिशत अर्थात ६० करोड सर्वसाधारणहरुका लागि नेपाल धितो पत्र बोर्डको स्वकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ९ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL