Logo

भिसा कार्डमार्फत सामान खरिद गर्दा १० प्रतिशत छुट, खातामै आउँछ पैसा

भिसा कार्डमार्फत सामान खरिद गर्दा १० प्रतिशत छुट, खातामै आउँछ पैसा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भिसा कार्डमार्फत सामान खरिद गर्दा १० प्रतिशत छुट अफर ल्याएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक तथा भिसा कार्डसँग संलग्न संजालका बैंकहरुले संयुक्त रुपमा भिसा कार्डमार्फत पैसा नझिकी सोझै सपिङ सेन्टरमा भुक्तानी गर्दा १० प्रतिशत रकम नगद फिर्ता दिने भएको छ ।

यस योजना अन्तरगत भिसा कार्ड हुनेले आन्तरिक भिसा डेविट तथा क्रेडिट कार्ड नेपाल भित्रका रेष्टुराँहरुमा प्रयोग गर्दा तथा अन्य केन्द्रहरुबाट सामान खरिद गर्दा १० प्रतिशत रकम सम्बन्धित व्यक्तिकै खातामा जम्मा हुनेछ ।

यसरी रकम फिर्ता लिन न्युनतम ५ सय रुपैयाँको सामान खरिद गर्नुपर्ने हन्छ । जस अन्गतरगत भिसा कार्ड प्रयोगकर्ताले दैनिक १ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।

यो योजना सेञ्चरी बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, मेगा बैंक, महालक्ष्मी विकास बैंक, इन्भेष्टमेन्ट बैंक, एनसीसी बैंक, राष्ट्रिय बाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको भिसा कार्डमा लागू हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL