Logo

एनआइसि एशिया बैंकको आस्वा सेवा शुरु

एनआइसि एशिया बैंकको आस्वा सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआइसि एशिया बैंक लिमिटेडले आइतबारदेखि आस्वा सेवा शुरु गरेको छ । २०७३ माघ देखि आस्वा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाहरु बाट आस्वा सेवा मार्फत शेयर आवेदन लिने गरेकोमा बैंकको २०औं वार्षिकोत्सवको समय पारेर आफ्नो ग्राहकका लागि सो सेवा शुरु गरेको हो ।
यस बैंकको मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सेवाप्रयोग गरि विनाकुनै शुल्क सहज रुपमा बैंकमानै उपस्थित नभईकन अनलाइन आस्वा सेवा मार्फत आइपिओ र एफपीओ मा आवेदन दिन सकिनेछ ।
साथै बैंकले संचालन मा ल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाता खोली शुरुमा निशुल्क रुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्तगर्न सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL