Logo

सेञ्चुरीको साढे ९ प्रतिशत लाभांस स्वीकृत, २५ प्रतिशत हकप्रदको प्रस्ताव

सेञ्चुरीको साढे ९ प्रतिशत लाभांस स्वीकृत, २५ प्रतिशत हकप्रदको प्रस्ताव


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२० माघ, काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांस दिने दिने प्रस्ताव राष्ट्र बैंकले स्वीकृत दिएको छ । गत वर्षको नाफाबाट आफ्ना सेयर धनीलाई उक्त लाभांश दिन लागेको हो ।

सेञ्चुरीको बैंकको सञ्चालक समितिको १ सय ६१ औं बैठकले आगामी २८ गते बैंकको चौथौ बार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले बैंकको प्रतिफल पाउनेछन ।

सञ्चालक समितिले बोनस सेयर जारी पश्चात कायम भएको पूँजीको २५ प्रतिशत अर्थात् प्रत्येक ४ कित्ता सेयर बराबर १ कित्ताका दरले हकप्रद सेयर निष्काशन गर्ने निर्णयसमेत गरेको छ ।

बैंकले हाल ३१ शाखा, २५ एटीएम, ९ शाखारहित बैंकिङ र १ एक्सटेन्सन् काउन्टरमार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकल २३ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले १५ करोड ६९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL