Logo

आर्थिक बर्षको शुरुवातसँगै लागू भयो नयाँ ब्यवस्था, यस्ता छन् वित्तीय क्षेत्रका नयाँ प्रावधान !

आर्थिक बर्षको शुरुवातसँगै लागू भयो नयाँ ब्यवस्था, यस्ता छन् वित्तीय क्षेत्रका नयाँ प्रावधान !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७४/७५ को शुरुवातसँगै वित्तीय क्षेत्रमा नयाँ ब्यवस्था लागू भएको छ । नेपाल राष्ट्र बैंकले साउन १ गतेबाटै १० लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा गर्न नसकिने ब्यवस्था गरेको छ । यस अघि ३० लाख रुपैयाँसम्मको कारोबार नगदमा गन सकिने ब्यवस्था भएकोमा त्यसलाई परिमार्जन गर्दै नगद कारोबारको सीमा १० लाखमा झारेको हो ।

यसैगरी राष्ट्र बैंकले आजैदेखि लागू हुनेगरी उच्च पदस्थ ब्यक्तिहरुको कारोबारमा थप कडाइ गर्न सम्बद्ध बैंक वित्तीय संस्थालाई निर्देशन दिएको छ । सम्पती शुद्धिकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ब्यवस्थालाई थप परिमार्ज गरी कुनै पनि उच्च पदस्थ ब्यक्ति तथा उनीहरुको परिवारले दैनिक १० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेमा अनुसन्धान गरी सोको बिवरण वित्तीय जानकारी इकाइमा पढाउन निर्देशन दिएको छ ।

नयाँ आबको शुरुवातसँगै नेपाल धितोपत्र बोर्डले सेयर आवेदन दिँदा आस्वा प्रणालीलाई अनिवार्य गरेको छ । धितोपत्र बाँडफाँड प्रक्रियालाई सरल, व्यवस्थित र पारदर्शी बनाउन बोर्डले आजैदेखि आस्वा अनिवार्य गरेको छ । आस्वाको पूर्ण कार्यान्वयनसँगै आवेदन दिएको २० दिनभित्र सेयर बाँडफाँड हुनेछ । यस अघि प्राथमिक सेयर भरेको ६० दिनमा मात्र बाँडफाँड हुँदै आएको थियो । जसले गर्दा लगानीकर्ताको सेयर आवेदन दिएको रकम लामो समयसम्म होल्ड भएर बस्ने प्रबृतिको अन्त्य हुनेछ ।

यस अघि सवारीसाधन खरिदमा लागेको ५० प्रतिशतको सीमा पनि आजबाट हटेको छ । नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा बैंक वित्तीय संस्थाले ५० प्रतिशतमात्र लगानी गर्न पाउँने ब्यवस्थालाई चालू आर्थिक बर्षको मौद्रिक नीतिले मापरिमार्जन गर्दै लगानीको सीमा ६५ प्रतिशतसम्म पुर्याएको छ । जसले गर्दा अबका दिनमा सवारीसाधनको बिक्री बढ्ने सम्बद्ध अटो ब्यवसायीहरु बताउँछन् । गत आबमा बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत मात्र लगानी गर्न पाउने ब्यवस्थाले सवारीसाधनको बिक्री ५५ देखि ६० प्रतिशतले घटेको नेपाल अटो मोबाइल्स डिलर्श एशोसिएशन (नाडा) का अध्यक्ष अञ्जन श्रेष्ठ बताउँछन् । ‘गत बर्ष अटो ब्यवसायमा धेरै ठूलो संकट आयो,’ उनले भने, ‘चालू आबको मौद्रिक नीतिले ६५ प्रतिशत लगानीगर्न पाउँने ब्यवस्था गरेकाले यो क्षेत्रमा सुधार आउनेछ ।’

यसैगरी सरकारले आजैदेखि १४ वटै अञ्चल यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को स्मार्ट कार्ड वितरण शुरु गरेको छ । यस अघि बागमति अञ्चल यातायात कार्यालयबाट मात्रै स्मार्टकार्ड बितरण हुँदै आएकोमा आजदेखि देशभरबाटै स्मार्टकार्ड बितरण शुरु गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL