Logo

एनएमबि बैंकले शुरु गर्यो शैक्षिक कर्जा, १ करोडसम्मको कर्जा उपलब्ध

एनएमबि बैंकले शुरु गर्यो शैक्षिक कर्जा, १ करोडसम्मको कर्जा उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनएमबि बैंकले एनएमबि बैंक शैक्षिक कर्जा सञ्चालनमा ल्याएको छ । बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै कर्जा सेवाको आरम्भ गरेको हो ।

यो शैक्षिक कर्जाको कर्जा अवधि १० वर्षसम्म रहने छ । शिक्षामा आत्मनिर्भता भन्ने नारालाई आत्मसाथ गर्दै ल्याएको यस कार्यक्रममा अधिकतम १ करोड सम्मको शैक्षिक कर्जा उपलब्ध हुनेछ ।

एनएमबि बैंक शैक्षिक कर्जा आवेदन दिएको ५ दिन मै उपलब्ध गराईने बैंकले जानकारी दिएको छ ।

एनएमबि बैंक शैक्षिक कर्जाले विद्यार्थीहरुको शैक्षिक यात्रामा लाग्ने आर्थिक समस्या समाधान गर्न भरपर्दो वित्तीय सेवाका रुपमा स्थापित हुने विश्वास बैंकको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL