Logo

यतीको सेयर संरचना परिवर्तनलाई स्वीकृति, सस्थापक र साधारण अनुपात ५१ः४९

यतीको सेयर संरचना परिवर्तनलाई स्वीकृति, सस्थापक र साधारण अनुपात ५१ः४९


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यती डेभलेपमेण्ट बैंकको सेयर संरचना परिवर्तनका लागि नियामक निकायले स्वीकृति प्रदान गरेको छ । बैंकको ६८ दशमलव ३१ प्रतिशत रहेको संस्थापक सेयरलाई ५१ प्रतिशतमा झार्न नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्स्चेञ्ज तथा सीडीएससी लगायतका संस्थाले स्वीकृति प्रदान गरेको हो ।

जसअनुसार अव बैंकको सेयर अनुसार संस्थापक ५१ र साधारणतर्फ ४९ प्रतिशत रहनेछ । बैंकको चाथों साधारणसभाले संस्थापक सेयर परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो ।

यसैगरी बैंकले ५० प्रतिशत हकप्रद निकाल्ने प्रक्रियालाई पनि द्वुत गतिमा अधि बढाएको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL