Logo

हिमाली क्षेत्रका विमानस्थल अझै खुलेन, आईतबार पनि ९ वटा आन्तरिक विमानस्थल बन्द

हिमाली क्षेत्रका विमानस्थल अझै खुलेन, आईतबार पनि ९ वटा आन्तरिक विमानस्थल बन्द



काठमाडौं । निरन्तर बर्षाका कारण पोखरालगायत ९ वटा विमानस्थल बन्द रहेको छ । यही बिहीबार राती देखी परेको पानीले गर्दा दर्जन विमानस्थलहरुबाट हुने उडान अझै खुलन सकेको छैन ।

laxmi

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीका अनुसार लुक्ला, रुम्जाटार, लामिडाँडा, जनकपुर, सिमरा र रामेछाप, चन्द्रगढी, पोखरा र भरतपुर विमानस्थल बन्द भएका छन ।

पोखरा र भरतपुर विमानस्थलबाहेकका अन्य विमानस्थल भने विगत ३ दिन देखी बन्द रहेको विमानस्थलले जानकारी दिएका छन । नियमित हुनुपर्ने उडान अवतरण नहुँदा यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन ।

त्यस्तै नेपालगञ्बाट हुने आन्तरिक उडानमा भने डोल्पाm बाजुरा र जुम्लाबाहेक अन्य सबै उडान अवतरण बन्द रहेको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिएका छन ।

उक्त विमानस्थलका अनुसार ४ दिन देखी यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन भने अन्य भारतीय यात्रु भने होटलमा रहेका छन । भारतीय यात्रुहरुलाई भने एयरलाईन्स कम्पनीले नै विमानस्थल सम्म लाने र लैजाने भएकाले होटलमा नै रहेको ठाकुरले जानकारी दिएका छन ।

अन्य पश्चिम हिमाली क्षेत्रका सबै विमानस्थलहरु समेत बन्द भएको त्रिभुवन विमानस्थलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL