Logo

गौतम बुद्ध विमानस्थल निर्माणको काम बिहीबारबाट, प्राधिकरणले निकासा गर्यो १० करोड

गौतम बुद्ध विमानस्थल निर्माणको काम बिहीबारबाट, प्राधिकरणले निकासा गर्यो १० करोड



काठमाडौं । आईतबार देखि बन्द भएको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम बिहीबार देखी सुरु हुने भएको छ ।

laxmi

चिनियाँ ठेकेदार नर्थवेस्टले डिजेल अभाब लगायतका बिभिन्न बहाना बनाउँदै देखाउँदै करिब १०÷१५ दिन देखि काम रोकेको थियो । ठेकेदार कम्पनीले काम रोके पछि अर्थ मन्त्रालयले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ७० करोड रुपैयाँ निकासा गरेको थियो ।

तर मन्त्रालयले समयमै निर्माण कम्पनीलाई रकम भुक्तानी गर्न नसके पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले १० करोड रुपैयाँ निकासा गरेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन ।

उनका अनुसार बुधबार केही काम गर्ने र बिहीबार देखी भने कामलाई निरन्तरता दिने भएको हो । उक्त विमानस्थलको धावन मार्गको तेस्रो तहको कालोपत्रेको काम सम्पन्न भएर चौथो तहको मात्रै ५ सय मिटर बाँकी रहेको छ । उक्त काम करिब एक हप्ता भित्रै सम्पन्न गरी ट्याक्सी वेको काम गर्ने प्रमुख अधिकारीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL