Logo

नेपाल वायुसेवाको उच्च पदमा जागिर खान देखिएनन् इच्छुक, १३ जना सिनियर क्याप्टेनमा १ जनाको मात्रै आवेदन

नेपाल वायुसेवाको उच्च पदमा जागिर खान देखिएनन् इच्छुक, १३ जना सिनियर क्याप्टेनमा १ जनाको मात्रै आवेदन



काठमाडौं । नेपाल वायु सेवा निगमले माग गरेको सिनियर क्याप्टेन पदमा १ जनाको मात्रै आवेदन परेको छ । निगमले सिनियर क्याप्टेन पदमा १३ जना माग गरेकोमा १ जनाको मात्रै आवेदन परेको हो ।

laxmi

त्यस्तै जुनियर क्याप्टेनमा पनि एकमदमै न्युन आवेदन परेको छ । निगमले १५ जना जुनियर क्याप्टेन माग गरेकोमा ३ जनाले मात्र आवेदन दिएका हुन । यसैगरी सिनियर को पाईलट ९ जना माग गरेकामा ६ जनाको मात्रै आवेदन परेको छ । जुनियर को पाईलटमा भने १३ जना माग गरेकामा १६ जनाको आवेदन परेको निगमले जानकारी दिएको छ ।

निगममा निजी एयरलाईन्स कम्पनीमा भन्दा सेवा सुविधा कम हुने भए पछि सोचे अनुसार आवेदन नपरेको निगम श्रोतले जानकारी दिएको छ । निजी हवाई कम्पनीहरुले सिनियर क्याप्टेनलाई कम्तीमा पनि मासिक तलब बापत १० देखी १२ लाख रुपैयाँ प्रदान गर्छ तर निगमले ४÷५ लाख रुपैयाँ भन्दा दिदैन ।

निगमले सबैभन्दा बढी वरिष्ठ सहायकमा ३४ जना, सहायकमा १८ र जुनियर क्याप्टेनमा १५ जना कर्मचारी माग गरिएको थियो । लामो समय देखी पाइलटको अभाव खेप्दै आएको निगमले यस पटकको पनि पाईलट अभाव खेप्नु पर्ने भएको छ ।

निगमले माग गरेको विभिन्न पद मध्ये सबै भन्दा बढी वरिष्ठ सहायक पदका लागि भने १० हजार ९ सय ५० जनाको आवेदन परेको निगमले जानकारी दिएको छ ।

निगमका अनुसार अधिकृत पदको लागि २ हजार ९ सय ५०, सिभिल इन्जिनियरको लागि ११ सय ४५, सहायक पदको लागि ६ हजार २ सय १५ जनाको आवेदन परेको छ ।

निगमले सिनियर क्याप्टेन १३ जना सहित १ सय ७४ जना कर्मचारी माग गरेकामा २५ हजार ८ सय ७ जनाको आवेदन परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL