Logo

स्व. मन्त्री अधिकारीको सम्झना, टिआईएमा वृक्षारोपण र जनचेतना कार्यक्रम

स्व. मन्त्री अधिकारीको सम्झना, टिआईएमा वृक्षारोपण र जनचेतना कार्यक्रम



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) परिसरमा सोमबार सरसफाई गरेको छ ।

laxmi

फागुन १५ गते भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका संकृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको १३ औं दिनको पुन्यतिथिमा सरसफाई गरेको विमानस्थलले जानकारी दिएको छ ।

सोही अवसरमा विभिन्न जनचेतनाको कार्यक्रम तथा मन्त्री अधिकारी लगायतको सम्झनामा वृक्षारोपण गरेको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन । त्यस्तै मन्त्री अधिकारी लगायत सातै जनाको १३ औं दिनको पुन्यतिथिमा शोक सभा समेत गर्ने भएको छ

एयर डाइनेष्टिको हेलिकप्टर ताप्लेजुङको चुहानडाँडामा दुर्घटना हुँदा मन्त्री अधिकारी लगायत ७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL