Logo

त्रिभुवन विमानस्थलको २० वर्षे पुरानो लिफ्ट परिवर्तन रोकियो, टेण्डर प्रकृयामै पर्यो उजुरी

त्रिभुवन विमानस्थलको २० वर्षे पुरानो लिफ्ट परिवर्तन रोकियो, टेण्डर प्रकृयामै पर्यो उजुरी



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको २० वर्षे पुरानो ३ ओटा लिफ्ट तत्काल परिवर्तन नहुने भएको छ ।

laxmi

चैत महिना भित्र उक्त लिफ्ट परिवर्तन गर्ने गरि काम गरेको विमानस्थलाई उजुरी परेपछि तत्काललाई पुरानो लिफ्ट हटाउने र नयाँ जडान गर्ने कार्य स्थगित भएको छ ।

विमानस्थलले सो लिफ्ट हटाउन र नयाँ जडान गर्न केही समय अगाडी टेण्डर गरको थियो । विमानस्थलले ग्लोबल अल्फाटेकको नाममा दिने भनेर सुचना बाहिरिए पछि सो टेण्डर आफुलाई नपरेको भन्दै केही ब्यक्तिले उजुरी हालेको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए ।

‘आफुलाई परे सबै ठिक आफुलाई नपरे सबै बेठिक भन्ने मानसिक्ताबाट हामी नेपाली कहिल्यै माथी उठन नसक्ने भयौं,’ क्षेत्रीले भने ।

अहिले उक्त उजुरी नागरिक उड्डयन प्राधिकरण हुँदै अख्तियार दुरुपयोग अनुसन्धानमा पुगेको छ । अव अख्तियारबाट फस्र्यौट नभएसम्म योे काम अगाडी बढाउन नसकिने क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL