Logo

विदेशी पर्यटकले नेपालमा भन्दा नेपालीले विदेशमा गर्ने खर्च बढ्दो, नेपालीको खर्च ५ महिनामै साढे ४१ अर्ब

विदेशी पर्यटकले नेपालमा भन्दा नेपालीले विदेशमा गर्ने खर्च बढ्दो, नेपालीको खर्च ५ महिनामै साढे ४१ अर्ब



काठमाडौं । नेपालमा विदेशी पर्यटक बढेसँगै पर्यटन क्षेत्रको आम्दानीमा समेत बृद्धि भएको छ । २०१८ मा नेपाल भित्रिने पर्यटकको संख्या करिब १२ लाख पुगेको थियो । पर्यटकको बृद्धिसँगै राजस्वमा समेत बृद्धि भएको हो ।

विदेशी पर्यटकले नेपालमा खर्च बढाए पनि नेपालीले विदेशमा गर्ने खर्च आकासिएको छ । पछिल्लो ५ महिनामा विदेशीले ३१ अर्ब ८८ करोड रुपैयाँ खर्च गर्दा नेपालीले भने विदेशमा ४१ अर्ब रुपैयाँ खर्च गरेका छन ।

२०१८÷१९ को पछिल्लो ५ महिनामा मात्रै करिब ३१ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ राजस्व आम्दानी भएको तथ्याङकमा उल्लेख छ । २०१७÷१८ को सोही अवधिमा २९ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

तर पर्यटन क्षेत्रमा नेपालले जति आम्दानी गरे पनि सो भन्दा बढी नेपाली पर्यटकले विदेशमा खर्च गर्ने गरेको राष्ट्र बैंकको तथ्याङकले देखाएको छ ।

तथ्याङक अनुसार नेपालीले २०१८÷१९ मा करिब ४१ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ खर्च गरेको छ । जुन गत वर्षको सोही अवधिमा नेपालीले विदेशमा गर्ने खर्च करिब २९ अर्ब ८२ करोड ११ लाख रुपैयाँ मात्रै थियो ।

२०१६ र १७ मा समेत सोही हाराहारीमा खर्च गरेको नेपालीले २०१८÷१९ को पछिल्लो ५ महिनामा भने ११ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ बढीले खर्च गरेको तथ्याङकमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL