Logo

पर्यटन मन्त्रीले भने, ‘निगमलाई अब ऋण दिन सकिँदैन’

पर्यटन मन्त्रीले भने, ‘निगमलाई अब ऋण दिन सकिँदैन’



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई ऋण दिन नसक्ने बताएका छन ।
केही समय अगाडी स्वेतपत्र मार्फत निगमले सरकार सँग २० अर्व रुपैयाँ माग गरे पछि रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले ऋण दिन नसक्ने बताएका हुन ।

निगम अहिले घाटामा रहेको भए पनि सरकारले सहयोग नगर्ने मन्त्री अधिकारीले स्पष्ट पारेका छन । निगम आफैंले कमाएर तिर्ने हो संधै लोन दिएर हुँदैन उनले भने ।

साथै पर्यटन मन्त्री रविन्द्र अधिकारीले वाईडबडी खरिद प्रकरणमा गलत भेटिए सजायको भागिदार हुनु पर्ने बताएका छन ।
छानविनको रिर्पोट आए पछि मात्रै मन्त्रालयले कार्वाही प्रकृया अगाडी बढाउने भन्दै मन्त्री अधिकारीले छानविन रिर्पोट सहि तरिकाले आउनु पर्ने समेत बताएका छन ।

निगमलाई कमजोर पार्ने काम कसैले गर्न नहुने भन्दै निगममा भएका जहाजका विषयमा भएको अनिमियततालाई सहनु हुँदैन तर अनिमियतता भएको खण्डमा छोडन पनि हुँदैन मन्त्री अधिकारीले भने । तर अनिमियतता भएको भन्दै नाम मात्रै लिएर निगमलाई कमजोर बनाउने खेलमा प्रपोगाण्ड नमचाउन समेत आग्रह गरेका छन । जस्ले अनिमियतता गरेको छ उसलाई कार्वाही हुन्छ स्रोत भर्ना गराईन्छ’ उनले भने ।

नेपाल वायुसेवा निगमलाई अन्य अन्तरराष्ट्रिय एयरलाईन्स सँग प्रतिस्पर्धी बनाउन कार्वान्वयनका साथ लागेको समेत उनले जानकारी दिएका छन । अहिले वाईडबडी हटकेकको रुपमा आएको भन्दै यस्को सम्पूर्ण कामकार्वाही अघिल्लो सरकारले गरेको भए पनि यसको सत्य तथ्य बाहिर आए पछि सरकारले कार्वाही अगाडी बढाउने उनले जानकारी दिएका छन ।

मन्त्री अधिकारीले अहिले जहाज संचालन नभएको भनेर सुनिरहेको छु तर त्यस्तो नभएको भन्दै ७ घण्टामात्रै भए पनि संचालन भईरहेको बताएका छन । उनले निगमको जहाज ७ घण्टा मात्रै नभएर १४ घण्टा सम्म संचालन हुनु पर्ने बताएका छन ।

निगमको जहाजलाई आउने फेब्रअरीमा जापानको ओशाका, मार्चमा चीनको गोन्जवा शहरमा उडाउने बताउँदै फूलफेजमा जहाज संचालनमा ल्याउने बताएका छन । जव जहाज फूलफेजमा संचालन हुन्छ तव हामीलाई यो जहाजले मात्रै पुग्दैन मन्त्री अधिकारीले भने । अरु गन्तब्यमा पुग्नको लागि थप जहाज ल्याउनु पर्ने भन्दै उनले थप जहाज ल्याउनको लागि ब्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन ।

निगमलाई प्रभाबकारी बनाउन, कम्पनी मोडलमा लैजानेकी रणनैतिक साझेदार खोज्ने हो भन्ने विषय, अहिले छलफलको क्रममा रहेको समेत मन्त्री अधिकारीले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL