Logo

९ महिनामा भित्रिए पौने ८ लाख पर्यटक, २०२० मा पुग्ला त २० लाख ?

९ महिनामा भित्रिए पौने ८ लाख पर्यटक, २०२० मा पुग्ला त २० लाख ?



काठमाडौं । नेपाल भित्रिने पर्यटकको संख्या गत वर्ष भन्दा साढे १ लाखले मात्रै वृद्धि भएको छ । सरकारले २०२० मा २० लाख पर्यटक पुर्याउने उद्देश्यले भिजन २०२० को नारालाई अगाडी सारेको भए पनि २०१८ को ९ महिना सम्ममा जम्मा पौने ८ लाख पर्यटक मात्रै नेपाल भित्रिएका हुन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो ९ महिनामा नेपाल आउने पर्यटकको संख्या ७ लाख ७२ हजार ४ सय ६० जना मात्रै रहेको छ । २०१६ को सोही अवधिमा आउने पर्यटक भने ६ लाख ४४ हजार ९ सय ५६ जना मात्रै रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याले भने अहिले ७ लाख पर्यटक भित्रिएको छ २०१८ को अन्त्य सम्ममा १३ लाख भित्रिने उनको अपेक्षा रहेको छ । त्यस्तै २०१९ मा १७ लाख र २० मा २० लाख पर्यटक पुग्ने उनको भनाई रहेको छ । गौतम बुद्ध विमानस्थल भैरहवा संचालनमा आईसके पछि अझै बढ्ने मन्त्रालयको अपेक्षा रहेको छ ।

तर होटल एशोसिएशन अफ नेपाल (हान) का महासचिब विनायक शाहले भने २०२० मा २० लाख पर्यटक पुर्याउन नसकिने जानकारी दिएका छन । ‘अहिले आएको पौने ७ लाख पर्यटक भनेको धेरै हो’, । उनले भने ‘नेपालको भौतिक पूर्वधारमा जव सम्म सुधार हुँदैन तव सम्म २० लाख पर्यटक पुर्याउन सकिँदैन’ ।

सरकारले २०२० मा २० लाख पर्यटक ल्याउने हो भने अरुनै विकल्प सोच्नु पर्छ भिजन २०२० को नारा मात्रै अगाडी सारेर केही हुँदैन सरकारले नारामात्रै ल्याएको छ काम केही भएको छैन शाहले भने ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार २०१८ को जनवरी देखि सेप्टेम्बर सम्ममा ७ लाख ७२ हजार ४ सय ६० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन । बोडको तथ्याङ्क अनुसार नेपाल भित्रिने पर्यटकमा सबै भन्दा बढी सार्क मुलुकबाट भित्रिएको छ । सार्क मुलुक मध्य भारतबाट मात्रै १ लाख ५० हजार ३ सय ९७ जना पर्यटक नेपाल भित्रिएको छ । सोही अवधिमा गत वर्ष भारतबाट १ लाख २१ हजार ७ सय ९७ जना पर्यटक भित्रिएको थियो ।

सबै भन्दा कम पर्यटक भित्रिनेमा अष्ट्रेलिया र न्युजल्याण्ड रहेका छन । अष्ट्रेलिया र न्युजल्याण्डबाट जम्मा २६ हजार ५ सय ३२ जना पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङ्कमा उल्लेख गरिएको छ । सोही अवधिमा गत वर्ष २४ हजार १ सय १७ जना पर्यटक नेपाल भित्रिएको थियो ।

त्यस्तै २०१८ मा युरोपका देशहरुबाट भने सबै भन्दा बढी पर्यटक जर्मनीबाट नेपाल भित्रिएका थिए भने सबै भन्दा कम चेक रिपब्लिकबाट भित्रिएको छ ।

जर्मनीबाट आउने पर्यटकको संख्या २२ हजार ९ सय ३६ जना रहेको छ भने रिपब्लिकबाट नेपाल भित्रिने पर्यटकको संख्या १ हजार ९ सय ३ जना रहेको छ । सोही अवधिमा गत वर्ष जर्मनीबाट १८ हजार २ सय ८५ जना र रिपब्लिकबाट १ हजार ७ सय ६७ जना पर्यटक नेपाल भित्रिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL