Logo

पर्यटन बोर्ड र उद्यमी इन्नोभेसनबीच सहकार्य, नयाँ स्टार्टअपको खोजी

पर्यटन बोर्ड र उद्यमी इन्नोभेसनबीच सहकार्य, नयाँ स्टार्टअपको खोजी



काठमाडौं । नेपाल पर्यटन बोर्डले उद्यमी इन्नोभेसन संस्थासँग सहकार्य गर्ने भएको छ । नेपालमा पर्यटन क्षेत्रमा नयाँपनका साथै सो क्षेत्रलाई बढावा दिन नयाँ स्टार्टअप निर्माणका लागि बोर्डले इन्नोभेसनसँग सहकार्य गरेको हो ।

बोर्डले नेपालको पर्यटन क्षेत्रमा नयाँ प्रविधि तथा नयाँ उपायहरुको खोजमुलक उपलब्धिका लागि उक्न अभियान सुरु गर्ने भएको हो । पर्यटन उद्यमशिलता विकासमा पनि यस अभियानले सकारात्मक भुमिका खेल्ने बोर्डले जानकारी दिएको छ ।

युवा उद्यमीलाई आकर्षित गर्नका लागि थालिएको उक्त अभियानले नयाँ अन्वेषणका साथै नयाँ प्रविधिको विकासको अवधारणा आउने पर्यटन बोर्डले जानकारी दिएको छ ।

उक्त युवा उद्यमी उद्यमशिलताका लागि नेपालभरबाट आवेदन मागिनेछ । उक्त आवेदनबाट जम्मा २० ओटा आवेदनलाई चयन गरिनेछ । प्रत्येक आवेदनमा २ देखि ३ जना सहभागी हुनुपर्ने तथा उनिहरुले समयसुहाउँदो उद्यमशिलताका लागि अया अवधारणा राख्नुपर्ने छ । जसमध्ये २० ओटा नयाँ अन्वेषणनात्मक स्टार्टअपलाई प्रथामिकता दिँदै सोही अनुसार कार्यको लागि आह्वान गरिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL