Logo

निगमको ग्राउण्डेड ट्वीनअटर आजबाट संचालनमा, ५ वटै जहाजबाट ब्यवसायिक उडान शुरु

निगमको ग्राउण्डेड ट्वीनअटर आजबाट संचालनमा, ५ वटै जहाजबाट ब्यवसायिक उडान शुरु



काठमाडौं । नेपाल वायुसेवा निगमको दशैं अगाडीनै ५ वटा जहाजले उडान गर्ने लक्ष्य पूरा भएको छ । मर्मतको क्रममा रहेको निगमको एबीटी ट्वीनअटरले आजैबाट उडान गर्ने भए पछि उक्त लक्ष्य पूरा भएको हो ।

उक्त ट्वीनअटर मर्मत गरेर आजैमात्र उडानको लागि बाहीर ल्याएकाले केहीबेर काठमाडौंको आकाशमै परीक्षण उडान गर्ने निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिएका छन । २ महिना अगाडी मर्मतको लागि भन्दै उक्त ट्वीनअटर जहाज ग्राउण्डेड भएको थियो ।

सो जहाज संचालनमा आए सँगै निगमले आन्तरिक उडानमा ५ वटै जहाजबाट ब्यवसायिक उडान गर्ने भएको छ । निगमको वाई १२ जहाजले बुधबार देखि सिमिकोटको लागि नियमित उडान शुरु गरेको छ । प्रवक्ता सिग्देलका अनुसार वाई १२ जहाजले सिमिकोटको लागि ब्यवसायिक रुपमा आजैबाट उडान गरेको जानकारी दिएका हुन ।

त्यस्तै बझाङको लागि मंगलबार हुने भनिएको परीक्षण उडान बुधबारमात्र हुने भएको छ । प्राविधिक कारण देखाउँदै निगमले मंगलबार परीक्षण उडान रोकेको थियो । मंगलबार परीक्षण उडान नभए पछि आज उडान गर्न लागेको प्रवक्ता सिग्देलले जानकारी दिएका हुन ।

अन्य ग्राउण्डेड जहाज भने तिहार अगाडीमात्रै बजारमा ल्याउने सिग्देलले जानकारी दिएका छन । हाल मर्मत भैरहेको एमए ६० जहाजको अगाडीको पंखा (प्रोपेलर) नआईपुगेकाले बजारमा ल्याउन केही समय लाग्ने उनले बताए ।

उनका अनुसार निर्माता कम्पनी (चाईना) ले सामान पठाउन केही ढिला गरेकाले मर्मतमा थप समस्या भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL