Logo

चन्द्रागिरीमा पाँच तारे बुटिक रिसोर्ट निर्माण अन्तिम चरणमा, चालू आवमै ‘सफ्ट ओपनिङ’

चन्द्रागिरीमा पाँच तारे बुटिक रिसोर्ट निर्माण अन्तिम चरणमा, चालू आवमै ‘सफ्ट ओपनिङ’



काठमाडौं । चन्द्रागिरी डाडाँमा निर्मार्णाधिन बुटिक रिसोटको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरीमा निर्माण गरिरहेको पाँच तारे बुटिक रिसोर्टको निर्माणकार्य ८० प्रतिशतभन्दा बढि सकिएको कम्पनीका महाप्रबन्धक अभिशेक विक्रम शाहले जानकारी दिए । ‘रिसोर्टको भौतिक पूर्वाधार निर्माणको काम लगभग सकिएको छ,’ उनले भने, ‘अब केही डिजाईन तथा फिनिसिङको काम बाँकी छ ।’

सो बुटिक रिसोर्टलाई चालू आर्थिक बर्षभित्रै संचालनमा ल्याउने गरी अघि बढाइएको उनले जानकारी दिए । ‘यस आर्थिक बर्षभित्रै सफ्ट ओपनिङ गर्ने छौं,’ उनले भने, ‘यस बर्षको पर्यटक सिजनमा पूर्ण रुपमा संचालनमा ल्याइनेछ ।’ उक्त होटललाई सुविधासम्पन्न पाँचतारे स्तरको वास्तविक रिसोर्टको रुपमा संचालनमा ल्याइने समेत उनले जानकारी दिए ।

गोरखा दरबारको झझल्को दिनेगरी निर्माण गरिएको सो रिसोर्टमा सोही अनुरुपमा कलाकौशल रहेको शाहको भनाई थियो । पाँच तारे स्तरको नेपालकै नमुना रिसोर्टको रुपमा बनाईएको सो होटल विशेषगरी विदेशी पर्यटकलाई लक्षित गरी निर्माण गरिएको हो । होटलको बाहिरी बनावटदेखि भित्री भागसमेत ऐतिहासिक झझल्को दिने गरि तयार गरिएको सो रिसोर्टमा मन्दिरमा जस्तै टुडाल र भित्रीभागमा तत्कालिन समयका चित्र कुदिएको छ । जुन होटलको मुख्य आकर्षण रहेको उनको भनाइ थियो ।

करिब १ अर्ब २५ करोड लागतमा निर्माण भइरहेको सो होटलमा १ सय वटा बेडरुम हुनेछन् भने २ वटा रेष्टुराँ र स्वीमिङपुल रहनेछ । यस्तै २ वटा टेनिसकोर्ट, २ वटा हेलिप्याट ल्याण्ड गर्ने ठाउँ र ३ वटा कन्फ्रेन्स हल शाहले जानकारी दिए । सो रिसोर्टको सबै कोठाबाट वरिपरिको स्थानको अवलोकन गर्नु सकिनुका साथै हिमालको समेत दृश्यबलोकन गर्न सकिनेछ ।

चन्द्रागिरी हिल्सले यस अघि सो स्थानमा केलबलकार, भ्यू टावर, रेष्टुराँ, फनपार्क, सेमिनार संचालनमा ल्याइसकेको छ । चन्द्रागिरी डाडाँ र राजा पृथ्वीनारायण शाहबीच ऐतिहासिक महत्व जोडिएका कारण होटल पनि गोरखा दरबारकै डिजाइन बनाइएको कम्पनीले जानकारी दिएको छ । सो रिसोर्ट बुटिक खालको हुनुका साथै ऐतिहासिक महत्व समेत बोक्ने शाहको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL