Logo

हिमालयको दुबई उडान शुरु, हप्ताको तीन दिन उडान भर्ने

हिमालयको दुबई उडान शुरु, हप्ताको तीन दिन उडान भर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालय एअरलाइन्सले सफलतापूर्वक दुबई उडानसम्पन्न गरेको छ । हिमालयले पहिलो पल्ट काठमाण्डौँ र सयुक्त अरब इमिरेट्सको दुबईबीच प्रत्यक्ष उडान सेवा शुरु गरेको हो ।

त्रिभुवन विमान स्थलबाट स्थानीय समय अनुसार १० बजेर ४० मिनेट जाँदा उडेको जहाज दुबईको अलमकतूम अन्तराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १३ बजेर २५ मिनेटमा अवतरण गरेको थियो ।

हिमालयका अनुसार दुबईमा हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडानगर्ने भएको छ । कम्पनीको तीन वटा जहाजमध्ये एअरवस ए ३२०–२१४ले सो दुरीमा उडान गर्नेछ । सो जहाजमा ८ वटा विजनेस क्लास र १ सय ५० वटा इकोनोमीक्लासका सीट रहेका छन् ।

दुबईको दैनिक उडान प्रारम्भ गर्नु हिमालय एअरलाईन्सको लागि एक महत्वपूर्ण उपलब्धि भएको हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । ‘एअरलाईन्सले मध्य(पूर्व क्षेत्रबाट पर्यटकहरुको आगमन र बहिगर्मनमा थप बढावा प्रदान गर्नेछ भने काठमाण्डौँ(दुबईबीच निरन्तर सेवाप्रदानगर्ने हाम्रो पूर्वनिर्धारित लक्ष्यलाई समेत सार्थकता तुल्याएको छ,’ उनले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL