Logo

निगम २६० जना यात्रु लिएर नारिता जाँदै, स्वास्थ्य सामग्री लिन हिमालय एयर चीन जाने

निगम २६० जना यात्रु लिएर नारिता जाँदै, स्वास्थ्य सामग्री लिन हिमालय एयर चीन जाने



काठमाडौं । शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलबाट २ अन्तरराष्ट्रिय उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलाईन्सले ति दुई उडान गर्नेछन ।

laxmi

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हिमालय एयरलाईन्सको जहाज बेलुका साढे ५ बजे स्वास्थ्य सामग्री लिन चीनको चाङशा जाने भएको छ भने निगमको जहाज राती ९ बजे २६० जना यात्रु लिएर जापानको नारिता जाने भएको छ ।

निगमले यस अघि गत फागुन १९ गतेदेखि काठमाडौं नारिता सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को संक्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ । हाल निगमले चार्टड उडानमार्फत जापानको नारितामा यात्रु लिएर जाने भएको हो । निगमको जहाजले कोभिड १९ कारण नेपालमा फसेर बसेका जापानी नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजाने छन ।

प्राधिकरणका अनुसार उक्त दुई जहाज शनिबार मात्रै काठमाडौं फर्कने तालिका रहेको छ । निगमको जहाज जाँदा यात्रु लिएर जाने छन भने फर्कदा खाली हुने र हिमालय एयरलाईन्सको जहाज जाँदा खाली जाने र फर्कदा स्वास्थ्य सामग्री लिएर फर्कनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL