Logo

प्राधिकरणको संचालक समितिबाट खरेल र श्रेष्ठलाई हटाईयो, १ महिला सहित २ जनालाई मनोनित गर्ने

प्राधिकरणको संचालक समितिबाट खरेल र श्रेष्ठलाई हटाईयो, १ महिला सहित २ जनालाई मनोनित गर्ने



काठमाडौं । सरकारले नागरिक उडड्यन प्राधिकरण सञ्चालक समितिवाट मदन खरेल र विजय श्रेष्ठलाइ हटाएको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हटाएको जानकारी दिएका हुन ।

खरेल नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष हुन भने श्रेष्ठ हिमालय एयरलाईन्सका उपअध्यक्ष हुन । मन्त्री बास्कोटाले बिहीबार गरेको पत्रकार सम्मेलनमा यूरोपियन यूनियम (इयु) ले नेपालाई लामो समयदेखी कालोसूचिमा राखेको भन्दै सरोकारवालाको आग्रहमा विमान संचालकका प्रतिनिधिलाई क्यानको सदस्यवाट हटाउने निर्णय गरेको बताएका हुन ।

उनले प्राधिकरण ऐन २०५३ को दफा १३ को उपदफा १ को च मा निजी क्षेत्रका समेत गरि वायुसेवा सञ्चालन गर्ने संस्थाका सञ्चालकहरु मध्येवाट नेपाल सरकारवाट मनोनित दुई जना सदस्य हटाएको बताएका हुन ।

त्यस्तै सरकारले उनिहरुलाई हटाएर क्यान ऐनको उपदफा १ को ङ मा भएको व्यवस्था अनुसार नागरिक उडड्यन सम्बन्धमा विशेष योग्यता हासिल गरेको व्यक्तिमध्येवाट कम्तीमा १ जना महिला सहित सरकारवाट मनोनित दुईजना सदस्य रहने गरि कायम गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL