Logo

सबैभन्दा बढी फोन गर्ने त्रिभुवन विमानस्थल कार्यालय, व्यक्तितर्फ कुलमान घिसिङ

सबैभन्दा बढी फोन गर्ने त्रिभुवन विमानस्थल कार्यालय, व्यक्तितर्फ कुलमान घिसिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यस बर्ष सूर्य नेपालले पोष्टपेड मोवाइल मार्फत फोन गरी सबैभन्दा बढी खर्च गरेको छ । सूर्य नेपालले नेपाल टेलिकमको पोष्टपेड सिम प्रयोग गरी ९ लाख ६८ हजार रुपैयाँ बराबरको फोन गरेको हो ।

त्यस्तै व्यक्तिगत तर्फ कुलमान घिसिङले १ लाख ९७ हजार ६ सय रुपैयाँ खर्च गरेका छन् ।

त्यसैगरी जिएसएम प्रिपेडमा पुष्प दुलालले १ बर्षमा ६४ हजार रुपैयाँ बराबरको फोन गरेका छन् । नेपाल टेलिकमका अनुसार ल्याण्डलाइन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय ४२ लाख ४१ हजार रुपैयाँ ।

ल्याण्डलाइन सेवाको व्यक्तिगत तर्फ रामप्रसाद राना १ लाख ८ हजार रुपैयाँ खर्च गरेका छन् । सोमबार नेपाल टेलिकमको १४औं बार्षिकोत्सवका अवसरमा धेरै फोन गरेर कम्पनीलाई सहयोग पुर्याएको भन्दै सम्मान गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL