Logo

बाहिरबाट आउने ईन्टरनेट व्याण्डविथ नियमनमा कडाई गरिँदै, ब्याण्डविथ मनिटरिङ गर्न नयाँ सिस्टम जडान

बाहिरबाट आउने ईन्टरनेट व्याण्डविथ नियमनमा कडाई गरिँदै, ब्याण्डविथ मनिटरिङ गर्न नयाँ सिस्टम जडान



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाहिरबाट आउने ईन्टरनेट ब्यान्डविथ नियमन गर्न नयाँ सिस्टम जडान गर्ने भएको छ । बाहिरबाट आउने ब्याण्डविथ सोचेजति नआएको भन्ने गुनासो आएपछि प्राधिकरणले त्यसलाई नियमन गर्न नयाँ सिस्टम जडान गर्न लागेको हो ।
उक्त प्रणालीले बाहिरबाट आउने व्याण्डविथ सोचेजती आएको छ वा छैन भन्ने बारे अनुगमन गर्ने छ ।

laxmi

नेपालमा विभिन्न ३ नाकाबाट ईन्टरनेट भित्रदै आएको छ । तर के कति व्याण्डविथ आयो भन्ने नियमन भईरहेको थिएन । उक्त प्रणाली जडान भएसँगै अनुगमनमा सहज हुने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार हाम्रा ईन्टरनेट सेवाप्रदायकहरुले बाहिरबाट नेपाल भित्र्याएको ब्यान्डविथ कति आईरहेको छ, उपयोग कति छ, कसरी उपयोग भईरहेको छ भनेर हेर्नका लागि मनिटरिङ सिस्टम खरिद गर्न लागिएको हो ।

उक्त सिस्टममा खासगरी ब्याण्डविथको मोनिटरिङ गर्नका लागि केहि मात्रामा हार्डवेयर भएपनि धेरैजसो सफ्टवेयरको पाटो हुने प्रवक्ता अर्यालले जानकारी दिए । हाल नेपालमा विभिन्न ईन्टरनेट सेवाप्रदायकले कती ब्याण्डविथ भित्र्याएका छन या कसरी उपयोग गरिरहेका छन भनेर अनुगमन हुने गरेको थिएन । त्यसैलाई प्रभावकारी तथा व्यवस्थित बनाउनका लागि प्राधिकरणले एक सुचना जारी गर्दै उक्त प्रणालीका लागि आवेदन माग गरेको छ ।

नेपालले भनेबमोजिमको ईन्टरनेट व्याण्डविथ नआएमा नेपालले बाहिर पठाउने पैसामा पनि सोही अनुरूप तलमाथी हुन्छ । नेपालका आईएसपीहरुले थोरै ब्याण्डविथ लिएर धेरै पैसा तिर्ने र धेरै ब्याण्डविथमा कम पैसा तिर्ने गरेको रहेछ भनेपनि उक्त प्रणालीले मोनिटरिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL