Logo

एनसेललाई ७ दिनभित्र कर तिर्न ठुला करदाता कार्यालयको ताकेता, के गर्ला एनसेल ?

एनसेललाई ७ दिनभित्र कर तिर्न ठुला करदाता कार्यालयको ताकेता, के गर्ला एनसेल ?



काठमाडौं । सर्वाेच्चको अन्तरिम आदेश आएसँगै ठुला करदाता कार्यालयले पनि एनसेललाई ७ दिनभित्र करवापतको पैसा बुझाउन निर्देशन दिएको छ । कार्यालयले एनसेललाई प मंगलबार एक सुचना जारी गर्दै पुँजीगत लाभकर अन्तर्गतका ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ सरकारलाई बुझाउन निर्देशन दिएको हो ।

laxmi

कार्यालयले हालसम्म एनसेलले उक्त शिर्षकमा २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेकोले बाँकी कर बुझाउन निर्देशन दिएको हो ।

एनसेलको ८० प्रतिशत सेयर स्वीडेनको टेलिया सोनेरा कम्पनीले मलेसियाको एक्जिएटालाई एक खर्ब ४३ अर्ब ६५ करोड ३७ लाखमा बेचेको थियो । त्यसमा ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर लाग्ने ठूला करदाता कार्यालयले २०७४ असार १३ गते निर्णय गरेको थियो ।

तर उक्त पुँजीगत लाभकर कसले तिर्ने भन्ने विवाद सर्वोच्च अदालतमा पुगेको थियो । सर्बोच्च अदालतले गत माघ २३ गते परमादेश जारी गर्दै उक्त कर एनसेलबाट नै असुल गर्न आदेश दिएको थियो । सर्वाेच्चले ३ महिनाभित्र पुँजीगत लाभकर अन्तर्गतको पैसा तिर्न आदेश दिएपछि एनसेलले सर्वाेच्चको आदेशमा गहिरो मूल्याङ्कन गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL