Logo

एनसेलले मात्रै भाग लिन पाउने गरी प्राधिकरणको फ्रिक्वेन्सी अक्सन, युटिएल र स्मार्टसेल बञ्चित

एनसेलले मात्रै भाग लिन पाउने गरी प्राधिकरणको फ्रिक्वेन्सी अक्सन, युटिएल र स्मार्टसेल बञ्चित



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले केहिदिन अघि गरेको ३ ओटा ब्याण्डको फ्रिक्वेन्सी अक्सन एनसेलले मात्रै पाउने भएको छ । उक्त फ्रिक्वेन्सीको अक्सन भनिएपनि एनसेलले मात्र भाग लिन पाउनेगरी मोलबढाबढको नाममा अक्सन निकालेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

हाल गरिएको अक्सनमा ३ ओटा ब्यान्डमध्ये ९ सय ब्याण्डको ३ मेगाहर्ज, १८ सय ब्याण्डको १६ मेगाहर्ज र २१ सय ब्याण्डको ४० मेगाहर्जका लागि मोल बढाबढ प्रक्रिया निकालिएको हो । यसअघि उक्त ब्याण्डहरुबाट एनसेलले ९ सय ब्याण्डको ८ मेगाहर्ज, १८ सय ब्याण्डको ११ मेगाहर्ज र २१ सय ब्याण्डको १० मेगाहर्ज प्रयोग गरिरहेको छ । यस्तै नेपाल टेलिकमले भने ९ सय ब्याण्डको ९ दशमलव ६ मेगाहर्ज, १८ सय ब्याण्डको १५ मेगाहर्ज र २१ सय ब्याण्डको १२ मेगाहर्ज प्रयोग गरिरहेको छ । हाल टेलिकमको क्यापिङ पुगिसकेको र स्मार्ट र युटिएलले भाग नै लिन नपाउने गरी प्रधिकरणले अक्सन गरेको हो ।

स्मार्ट र युटिएलले प्राधिकरणलाई तिर्नुपर्ने बाँकी रकम नतिरेकोले उक्त अक्सनमा भाग लिन नपाउने क्लज राखिएको छ । तर उक्त अक्सनको म्याद सकिनु अगाडि नै तिर्नुपर्ने बाँकी रकम तिरे भने उक्त अक्सनमा भाग लिन पाउने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

यस्तै उक्त ३ ओटा ब्याण्डमध्ये नेपाल टेलिकमले भने ९ सय ब्याण्डको ९ दशमलव ६ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गरिसकेकाले उक्त ब्याण्डमा भाग लिन नपाउने भएको हो भने २१ सय ब्याण्डमा कुल १५ मेगाहर्जको क्यापिङ भएकाले १० मेगाहर्ज प्रयोग गरिसकेको र अब जम्मा ५ मेगाहर्जका लागि भाग लिने पाउने प्राधिकरणले जानकारी दिएको छ । त नेपाल टेलिकमले २१ सय ब्याण्डको ५ मेगाहर्जका लागि अक्सनमा भाग नलिने जानकारी आएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । स्रोतले अक्सन भनिएपति उक्त मोल बढाबढको प्रक्रिया एनसेललाई नै लक्षित गरि ल्याइएको बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL