Logo

सञ्चार मन्त्री बास्कोटाले ल्याए टेलिकम कम्पनी मर्जको प्रस्ताव, ३ भन्दा बढी सेवाप्रदायक आवश्यक छैन

सञ्चार मन्त्री बास्कोटाले ल्याए टेलिकम कम्पनी मर्जको प्रस्ताव, ३ भन्दा बढी सेवाप्रदायक आवश्यक छैन



काठमाडौं । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले टेलिफोन सेवाप्रदायक कम्पनीहरु मर्जमा लगिने प्रस्ताव अघि सारेका छन् । नेपालमा टेलिफोन सेवाप्रदायक कम्पनीको संख्या बढी भएको भन्दै आगामी दिनमा त्यस्ता कम्पनीहरुलाई मर्जरमा लैजानुपर्ने बताएका हुन् ।

‘नेपालजस्तो मुलुकमा ३ भन्दा बढी टेलिफोन सेवाप्रदायक कम्पनी चाहिँदैन,’ संघीय संसद, प्रतिनिधि सभा, विकास तथा प्रविधि समितको बैंठकमा उनले भने, ‘विकसित मुलुकमा त ३ भन्दा बढी टेलिफोन सेवा प्रदायक कम्पनी छैनन् नेपालजस्तो मुलुकमा किन धेरै चाहियो ?’

अहिले नेपालमा नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल, युटीएल, हेलो नेपाललगायतका टेलिफोन सेवाप्रदायक कम्पनी संचालनमा रहेका छन् । तर, ती कम्पनीलाई आगामी दिनमा मर्जरमा लगेर ३ वटामा झारिने समेत उनले जानकारी दिए ।

टेलिकम कम्पनीको संख्या घटाउनका लागि छलफल भइरहेको र आगामी दिनमा मर्जरमा लगेर भएपनि कम गराईने उनको भनाई थियो । ‘नेपालमा टेलिफोन सेवाप्रदायक कम्पनी बढी भएको विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘आगामी दिनमा मर्जर वा एक्युजिशनको माध्यमबाट ३ वटामा झारिनेछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL