Logo

सिजीले ल्यायो २ नयाँ सस्ता मोवाइल फोन, बजार मूल्य १५ सय सम्म

सिजीले ल्यायो २ नयाँ सस्ता मोवाइल फोन, बजार मूल्य १५ सय सम्म



काठमाडौं । सिजी मोबाइल्स्ले सस्तो मूल्यमा २ नयाँ फोनहरु बजारमा ल्याएको छ ।

कम्पनीले ‘ओरिअन १८१ डब्ल’ु र ‘ओरिअन २४१ डब्ल’ु फोन बजारमा ल्याएको हो । कम्पनीका अनुसार पहिलो फोनमा १ दशमलव ८ इन्चको स्क्रीन, डिजिटल क्यामरा, डुअल सिम राख्न मिल्ने लगायतका सुविधा रहेका छन ।

अर्काे सिममा अर्थात ओरिअन २४१ डब्लुमा भने २ दशमलव ४ इन्चको स्क्रीन रहेको छ । उक्त फोनमा अघिल्लो फोनमा जस्तै डुअल सिम तथा ८ जिबिसम्म मेमोरी बढाउन सकिने व्यवस्था रहेको छ ।

साथै उक्त दुवै फोनमा वायरलेस एफएमका साथै ब्लुटुथ, म्युजिक र भिडियोको व्यवस्था पनि रहेको कम्पनीले जानकारी दिएको छ । उक्त फोनहरुको बजारमूल्य क्रमश ः १ हजार १ सय ९९ र १ हजार ४ सय ९९ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL