Logo

एलजीले ल्यायो नेट टिभी एप, १२० भन्दा बढी च्यानलहरु हेर्न पाईने

एलजीले ल्यायो नेट टिभी एप, १२० भन्दा बढी च्यानलहरु हेर्न पाईने



काठमाडौं । एलजीले आफ्नो स्मार्ट टिभीको लागि नेट टिभी एप प्रस्तुत गरेको छ ।

नेट टिभी एप अन्तरगत ग्राहकले सेटअप बक्स र तार बिनानै १२० भन्दा बढी च्यानलहरु हेर्न पाउने भएको छ । उक्त एप एनआई टिभी स्ट्रिम्ज प्रालीले एलजी सँगको सहकार्यमा विकास गरेको हो ।

हाल सम्म नेट टिभी एप मोबाईलमा मात्र उपलब्ध हुँदै आएकोमा अब यस्को सेवा टिभीमा पनि लिन सक्ने भएको छ ।

ग्राहकले सुरुमा निशुल्क रुपमा एलजीको कन्टेन्ट स्टोरमा गएर एप डाउनलोड गरे पछि एसडी र एच डी क्वालीटीमा हेर्न सक्नेछ ।

साथै एलजी स्मार्ट टिभीका ग्राहकहरुले अब छिटै नया“ रिलिज भएको चलचित्र भिडीयोन डिमाण्डको न्यूतम मूल्यमा हेर्न पाउने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL