Logo

टेलिकमको एडीएसएलमा भारी छुट, मासिक ५८३ मा चलाउनुस ५ एमबीपीएस डाटा

टेलिकमको एडीएसएलमा भारी छुट, मासिक ५८३ मा चलाउनुस ५ एमबीपीएस डाटा



काठमाडौं । नेपाल टेलिकमले एडीएसएल सेवामा भारी छुट गरेको छ । कम्पनीले विशेष छुट सहित मासिक ५ सय ८३ रुपैयाँमा अनलिमिटेड डाटा ५ एमबीपीएसको स्पिडमा उपलब्ध गराउने भएको छ ।

टेलिकमले यस अघि सो सेवाको मासिक शुल्क १ हजार रुपैयाँ लिँदै आएको थियो । तर, आफ्ना ग्राहकहरुलाई सरल र सुलभ तरिकाबाट इन्टरेनट प्रदान गर्ने उद्देश्य अनुरुप शुल्क घटाइउको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकरी दिइन् ।

टेलिकमले तोकेको नयाँ शुल्क अनुसार मासिक विल भुक्तानी गर्दा ७ सय रुपैयाँ पर्नेछ । तर, सो सेवा लिएवापट अग्रीम भुक्तानी गरेका १ बर्षमा ७ हजार रुपैयाँ मात्र लाग्नेछ । यस्तै ६ महिनाको अग्रीम भुक्तानी गर्दा ३ हजार ७ सय ५० रुपैयाँ लाग्नेछ ।

ग्राहकलाई सहज रुपमा टेलिकमको इन्टरनेट सेवा प्रदान गर्नका लागि यही महिना थप १२ स्थानमा फाइबर टु दि होम (एफटीटीएच) विस्तार गर्न लागिएको समेत उनले जानकारी दिइन् । ‘कम्पनीले हरेक स्थानमा एफटीटीएच पुर्याउने उद्देश्य अनुरुप काम अघि बढाएको छ,’ उनले भने, ‘सोही अनुरुप यही महिना काठमाडौंको चाहविल, कृतिपुरलगायत १२ स्थानमा एफटीटीएस विस्तार गर्दै छौं ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL