Logo

एनसेलको लाभकर २ महिनाभित्र असुल गर्न सरकारलाई लेखा समितिको निर्देशन

एनसेलको लाभकर २ महिनाभित्र असुल गर्न सरकारलाई लेखा समितिको निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लेखा समितिले नेपाल सरकारलाई २ महिनाभित्र एनसेलको लाभकर असुल गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्न अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागलाई निर्देश गरेको छ ।

एनसेलले बुझाउन बाँकी ३५ अर्ब पूँजीगत लाभकर असुल गर्न सरकारलाई पून सचेत गराएको हो ।

त्यस्तै एनसेल कम्पनीको हालसम्मको सेयर खरिद विक्रीको सम्पूर्ण विवरण समेत समितिमा बुझाउन समितिले सरकारलाई निर्दिष्ट गरेको छ ।

समितिका सभापति डोरप्रसाद उपाध्यायले एनसेलको कर निर्धारण गर्ने निकाय, कर निर्धारण गर्नुपर्ने समय, निर्धारण गरेको कर असुल नगर्ने व्यक्तिको विवरण पनि मागेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL