Logo

एनसेल खरिद पुरा भन्दै एक्जिएटाले बनायो ‘प्लान’, नेपालमै पहिलोपटक ‘ग्रूप रोमिङ’ शुरू गर्ने

एनसेल खरिद पुरा भन्दै एक्जिएटाले बनायो ‘प्लान’, नेपालमै पहिलोपटक ‘ग्रूप रोमिङ’ शुरू गर्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । टेलियासोनेराले एनसेल बिक्रि सम्बन्धी सबै प्रक्रिया पुरा भएको दाबी गरेको अर्को दिन खरिदकर्ता मलेसियन कम्पनी एक्जिएटा गु्रप बरहदले एनसेल खरिद प्रक्रियालाई सफलतासँग पुरा गरेको बताएको छ ।  नेपालको समय अनुसार सोमबार टेलियासोनेराले एक विज्ञप्ति जारी गर्दै एनसेल बिक्रि सफल भएको र यसबाट कम्पनी पूर्ण रूपमा दायित्वबाट अलग भएको घोषणा गरेको थियो ।

मङ्गलबारनै एक्जिएटाले टेलियासोनेराको विज्ञप्तिलाई पुष्टि गर्दै खरिदमा कम्पनी सफल भएको बताएको हो । खरिद प्रक्रिया सफल भएसँगै एक्जिएटाले एनसेलको आधिकारीक वेबसाईटमा आफ्नो लोगो सहितको नवबर्ष शुभकामना सन्देश नेपाली भाषामै सम्पे्रषण गरेर नेपाल भित्रिएको सङ्केत दिएको छ ।

एनसेल खरिद बिक्रि प्रक्रियामा नेपालले लाभ कर प्राप्त गर्न सक्ने अथवा नसक्ने विषयको अन्तिम टुङ्गो नलागेपनि एक्जिएटाले पूर्ण जिम्मेवारी बहन गरेकै भाषामा एनसेल सञ्चालनको नयाँ ‘प्लान’ समेत सार्वजनिक गरिसकेको छ । कम्पनीले तत्कालनै नेपालमा भोइस र रोमिङ् तर्फ दुई विशेष सुविधा सार्वजनिक गर्ने योजना रहेको आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । गु्रप रोमिङ्को अवधारणा अनुसार कम्पनीले ‘एक्जिएटा रोम’ नामको नयाँ ‘प्रडक्ट’ एनसेल ग्राहकलाई छिटै उपलब्ध गराउने समेत बताएको छ । एक्जिएटाले विभिन्न देशमा सञ्चालनमा रहेका आफ्ना लगानीका दुरसञ्चार कम्पनीमा रोमिङ् सुविधा लिन सक्ने बताएको छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया नेपालको प्रमुख गन्तव्य रहेको र एक्जिएटाले सार्वजनिक गरेको रोमिङ् सुविधा त्यसै तर्फ केन्द्रित भएको देखिन्छ । मलेसियाबाट नेपाल भित्रने अधिकांश टेलिफोन कल आफ्नै कम्पनीमार्फत भित्राउने रणनीतिमा कम्पनीको यो नयाँ योजना लक्षित देखिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL